इचंगुनारायण सामुदायिक सेवा केन्द्रको १९औँ वार्षिक साधारण सभा सम्पन्न
२०८३-०५-२०
- A
- A-
- A+
सामुदायिक
सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण, नागार्जुनको
१९औँ वार्षिक साधारण सभा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका
कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख
आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त
महानिरीक्षक सुशील सिंह राठौरज्यूले विगत १९ वर्षदेखि समुदायसँग सहकार्य गर्दै
संस्थाले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले प्रहरी र
समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै समाजमा हुने विकृति, अपराध तथा सामाजिक समस्याको नियन्त्रणमा सामुदायिक संस्थाहरूको भूमिका
महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । बदलिँदो सुरक्षा चुनौतीतर्फ सचेत हुन आग्रह
गर्दै उहाँले लागूऔषध, साइबर अपराध, अनलाइन
ठगी तथा डिजिटल माध्यमबाट महिला र बालबालिकामाथि हुने अपराध नियन्त्रणका लागि
प्रहरीसँगै समुदायको सक्रिय सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । सो अवसरमा
उहाँले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण
गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना
गर्नुभयो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र
इचंगुनारायणका अध्यक्ष प्रताप दानीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा
जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप
घिमिरे, नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला
अधिकारी, प्रहरी वृत्त स्वयम्भुका कार्यालय प्रमुख मोहनमणि
अधिकारी, स्थानीय जनप्रतिनिधि, प्रहरी
कर्मचारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा स्थानीय
भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो ।