वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२२
- A
- A-
- A+
काठमाडौं, वैदेशिक
रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी
गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर
महानगरपालिका-९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर, काठमाडौं
महानगरपालिका-३१ बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३५ वर्षीय अस्कर हुमागाई,काठमाडौं
महानगरपालिका-३ बस्ने मोरङ घर भएका ४५ वर्षीय पबित्रजंग बुढाथोकी र काठमाडौं
बुढानिलकण्ठ नगरपालिका-७ बस्ने दोलखा घर भएका ४१ वर्षीया बेलु माया तामाङ रहेका
छन् । पक्राउ मध्ये अस्कर र किशोरले जापान पठाइदिन्छु भन्दै २५
जना पीडितहरूबाट ४० लाख ३० हजार रूपैयाँ,
पबित्रजंगले माल्टा पठाइदिन्छु भन्दै १
जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ र बेलु मायाले सर्विया पठाइदिन्छु भन्दै २ जना
पीडितहरूबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किशोरलाई
काठमाडौं महानगरपालिका-६ बाट र पबित्रजंगलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार
तथा अस्करलाई काठमाडौं महानगरपालिका-३१ बाट र बेलु मायालाई काठमाडौं महानगरपालिका-७
बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।