वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२१
- A
- A-
- A+
काठमाडौं, वैदेशिक
रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी
गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं
गोकर्णेश्वर नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका-२ घर भएका २६
वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका-३२ बस्ने महोत्तरी बर्दिबास
नगरपालिका-६ घर भएका २४ वर्षीय बिबेक साह, काठमाडौं
चन्द्रागिरी नगरपालिका-१ बस्ने सप्तरी राजविराज नगरपालिका-८ घर भएका ५२ वर्षीय
उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका-९ बस्ने तेह्रथुम लालिगुराँस
नगरपालिका-५ घर भएका ३५ वर्षीय खेम बहादुर बस्नेत रहेका छन् । पक्राउ
मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, बिबेकले
जर्जिया, माल्टा
लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रूपैयाँ, उज्वलले
हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रूपैयाँ र
खेम बहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई
सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौं महानगरपालिका-६ बाट, बिबेकलाई
काठमाडौं महानगरपालिका-१० बाट र उज्वललाई काठमाडौं महानगरपालिका-३१ बाट मंगलबार
तथा खेम बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ
मध्ये निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर
काठमाडौं पठाइएको छ भने उज्जवल र खेम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल
काठमाडौं पठाइएको छ ।