स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०४-२४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत
नखुलेको नगद ५९ लाख ९३ हजार ५ सय रूपैयाँ सहित चिनियाँ नागरिक गुंग याग समेत २
जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी
प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सप्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज.१ च
१६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा उक्त नगद फेला पारी स्कारपियोमा सवार
उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।