बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-०९
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ५६
वर्षीय माधव श्रेष्ठ र काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने तनहुँ भानु
नगरपालिका-८ घर भएका ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका छन् । उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २
वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । यसैगरी
जिल्ला अदालत काठमाडौंको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत १
महिना १५ दिन कैद सजाय र २ लाख २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका
रामचन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ
।