प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८२
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०३-१६

मिति २०८२/०३/१६ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२।०३।१५ गतेको निर्णयानुसार मिति २०८२।०३।१५ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक रामेश्वर खरेललाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।         प्रहरी निरीक्षक रामेश्वर खरेलले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, १२ असारवैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।             पक्राउ मध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।              उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, १२ असारसामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । फेसबुक पेज तथा टेलिग्राम ग्रुप मार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद २३ लाख १५ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं माइतीघरबाट पक्राउ गरेको हो । साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ
२०८२-०३-१२

ललितपुर, १२ असारललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-१२

काठमाडौं, १२ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Kedia Sewa Foundation का तर्फबाट १ थान रबर बोट, ६ थान प्याडल र १५ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले जल उत्पन्न प्रकोपको अवस्थामा उद्दार कार्यलाई सहज मात्र नभई उद्धारकर्ता र जल उत्पन्न प्रकोपको प्रभावितलाई सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै Kedia Sewa Foundation को तर्फबाट उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले  काठमाडौं  उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशललाई अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको र उपत्यका स्थित विभिन्न प्रहरी गणहरुमा प्रहरी कर्मचारीहरु विपद्को समयमा तत्काल परिचालन हुने अवस्थामा राखिएको बताउनु भयो । हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रमा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि लाईफ ज्याकेट र रबर बोट तथा अन्य विपद् उद्दार सामाग्रीहरु सहयोगको रुपमा बिभिन्न निकायहरुबाट प्राप्त गरिरहेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने सेवाभावको कार्यमा सहयोग पुर्‍याउने Kedia Sewa Foundation लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्दै प्राप्त सामग्रीको सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।     कार्यक्रममा Kedia Sewa Foundation का (अध्यक्ष) सुमित केडियाले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Kedia Sewa Foundation का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-०३-११

मिति २०८२/०३/११ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८२।०३।१० गतेको पत्रले २०८२/०३।०९ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्‍ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी वरिष्‍ठ हवल्दार अमृत कुमार श्रेष्‍ठ, प्रहरी वरिष्‍ठ हवल्दार मान बहादुर ठगुन्ना र प्रहरी वरिष्‍ठ हवल्दार गोपाल सिंह बुढाथोकीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।              कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-०९

काठमाडौं, ९ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Global IME Bank limited तर्फबाट १ थान रबर बोट र ८ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले उद्दार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै Global IME Bank limited को सहयोगमा १ थान रबर बोट र ८ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले  काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको जानकारी दिनु भयो । साथै हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रमा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि हाल सम्म ७०० वटा  लाईफ ज्याकेट र निजि क्षेत्रबाट १ वटा  रबर बोट प्राप्त गरिसकेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने Global IME Bank limited लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्दै यसको सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।     कार्यक्रममा Global IME Bank limited का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै Global IME Bank limited आगामी दिनहरुमा पनि समन्वय,सहकार्य र सहयोगका लागी सधै तयार रहेको बताउनु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Global IME Bank limited का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र SENTINEL LAB PVT LTD बिच Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न ।
२०८२-०३-०९

काठमाडौं, ९ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र SENTINEL LAB PVT LTD का Director अनिता देवकोटा बिच Memorandum Of Understanding(MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।   दुई पाङ्ग्रे सवारी साधन चोरी हुनबाट रोक्न सवारी साधनमा जडान गरिने Device बाट सवारी साधनको Real Time Location पहिचान गरी सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धानका साथै  दुई पाङ्ग्रे सवारी साधनहरूमा विशेष गरी रातको समयमा सवार गर्ने महिलाहरूको लागि सुरक्षित यात्राको वातावरण सृजना गरी सवारी साधन र सवारी धनिहरुलाई सुरक्षा प्रदान गर्ने लगायत ट्राफिक जाम तथा यसको कारण पत्ता लगाई  प्रहरी कारबाहीको क्रममा प्रमाणको रुपमा प्रयोग गर्ने उद्देश्य सहित यस सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।  Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा यस Geographic Information System (GIS) प्रविधि सहितको LOCOMO Device बाट अपेक्षित लाभ हासिल हुन सक्ने अपेक्षा गर्नु भयो । साथै आधुनिक समयमा प्रविधिको प्रयोग गरी नेपाल प्रहरीले विभिन्न आपराधिक घटनाहरूको नियन्त्रण तथा अनुसन्धान गरिरहेको चर्चा गर्दै आगामी दिनहरुमा थप प्रविधियुक्त बनाई प्रभावकारी रुपमा सुरक्षा प्रदान गरिने बताउनु भयो ।      कार्यक्रममा SENTINEL LAB PVT LTD का निर्देशक अनिता देवकोटाले आफ्नो  मन्तव्य व्यक्त गर्दै वर्तमान समयमा प्रविधिको महत्वलाई चर्चा गर्दै नागरिकहरु बिना वर्दीका प्रहरी हुने भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा आफ्नो र संस्थाको तर्फबाट सदैव सहयोग हुने प्रतिवद्दता जनाउनु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, SENTINEL LAB PVT LTD का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न
२०८२-०३-०६

काठमाडौं, ६ असार            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ ।              मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित  सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ गरिएको हो । जस अन्तर्गत काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनका सदस्यहरु तथा  यात्रुहरुको लागि बसपार्क लगायत विभिन्न १२ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरि मनसुन सम्बन्धी जानकारी दिने व्यवस्था गरिएकोमा आजै नागरिक सहायता कक्षको समेत समुद्‍घाटन गरिएको छ ।            कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्षाको समयमा मनसुनसँगै विभिन्न प्राकृतिक विपदहरूको जोखिम विशेष गरी बाढी, पहिरो र डुबानले  सडक अवरोध, सवारी दुर्घटना र जनधनको क्षति जस्ता घटनाहरू घट्ने हुदा मनसुन सम्बन्धी सूचना लिएर मात्र यात्रा गर्दा सुरक्षित हुने कुरामा जोड दिनुभयो । साथै मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीको एकल प्रयासले मात्र पर्याप्त नहुनेहुदा सबै नागरिकको सजगता, सहभागिता र सहकार्य अपरिहार्य भएकाले सडक सुरक्षा सुनिश्चिताका लागि सबै सरोकारवाला पक्षको एक्यवद्धताको लागि अपिल समेत गर्नुभयो ।         कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वर्षातको समय नजिकिएसँगै मनसुनका कारण सडक र सवारी आवागमनमा यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।            कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा,   नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, ट्राफिक व्यवस्थापन एवं सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवं संघ-संस्थाका प्रतिनिधीहरु, नेपाल प्रहरीका कर्मचारीहरु, यातायात व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।  

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न ।
२०८२-०३-०५

काठमाडौं, ५ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा  मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको छ ।     काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दह तथा काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका स्थित रानीपोखरीमा ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रम सञ्चालन गरी ४८७ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको थियो ।    जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाभित्र आइपर्ने प्रकोपहरुको समयमा उद्धारका लागि विपद् सम्बन्धी पूर्वाभ्यास स्वरुप यस्ता अनुशिक्षण कार्यक्रमले मनसुनजन्य विपद्को समयमा उद्दारकर्तालाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रकोप उद्दार प्रतिकार्यको लागी सहयोग, समन्वय र सहकार्यको लागि सधै तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।     अनुशिक्षण तालिम समापन कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां काठमाण्डौ उपत्यका प्रहरी कार्यालय सिमित साधनका बावजुत जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्यका लागि साधान-स्रोत जुटाएर विपद्को समयमा नागरिकको उद्धारका लागि प्रहरी जनशक्ति तयारी हालतमा राख्न निरन्तर प्रयास गरिरहेको जानकारी दिदै आगामी दिनहरुमा विपद् उद्दारको लागी जनशक्ति तयार गर्न “तालिम पाठयक्रम” नै तयार गरेर अगाडि बढ्न आफूहरुले योजना बनाइरहेको समेत बताउनु भयो । जनताले विपद् पर्दा सबैभन्दा नजिक रहेको प्रहरी बिट तथा प्रहरी चौकी तत्पश्चात स्थानीय निकायलाई सम्झिने हुँदा प्रहरी र स्थानिय सरकारको सहकार्य गरेर अघि बढ्नु वर्तमान आवश्यकता रहेको औल्याउँदै सबै सरोकारबाला निकायहरुसँग सहकार्य गरेर अघि बढ्न नेपाल प्रहरी सधै प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।      सबै किसिमका विपद्-जोखिममा सबैले हातेमालो गरेर अघि बढ्दा जोखिमबाट राहत महसुस हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले उद्दारको समयमा सुरक्षाकर्मीहरूको साथमा समुदायको सक्रिय सहभागिताको आवश्यकलाई महशुस गरी समुदायका स्थानीय नागरिकहरूलाई विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिक्रिया, र पुनर्स्थापना प्रक्रियामा प्रशिक्षित गर्ने उद्देश्यका साथ सामुदायिक विपद् स्वयमसेवक (Community Disaster Volunteer Programme (CDVP)) कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिदै आगामी दिनहरुमा सामुदायिक विपद् स्वयमसेवकहरुलाई समेत विपद् प्रतिकार्य अनुशिक्षण प्रदान गर्ने उपत्यका प्रहरी कार्यालयको योजना रहेको बताउनु भयो ।       कार्यक्रममा , Nepal Association of Rafting Agencies का अध्यक्ष कमल बहादुर ठकुरीले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । सोही अवसरमा विभिन्न उद्दारको समयमा प्रहरी परिचालन को परिस्थितिजन्य लाईभ डेमो अभ्यास समेत प्रस्तुत गरिएको थियो । साथै जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिमलाई सफल बनाउन भूमिका खेल्ने केही व्यक्तित्वहरुलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो ।    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले  तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, काठमाडौं महानगरपालिका-२७ का वडा अध्यक्ष योगेश खड्गी, शंखधर उधान रत्नपार्क तथा रानीपोखरी इकाइका प्रमुख दामोदार लामा, नागराजा-नागरानी बासस्थान समाज टौदह कीर्तिपुरका अध्यक्ष श्रीराम खड्का काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरु, Nepal Association of Rafting Agencies का प्रशिक्षकहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०४

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका स्थित रानीपोखरीमा‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०४ गते सम्म ४८७ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।             काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्याम कुमारलाई काठमाडौं महानगरपालिका-१४ खसीबजारबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका-१६ बाट प्रहरीले पक्राउ गरेको हो ।             पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई  प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।              पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।              उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको   छ । 

सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया MEENA SURJEET SINGH KHEMANI मंगलबार राति पक्राउ परेकी छिन् ।             एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।              यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-०३

काठमाडौं, ३ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई सिप्रदी Trading Private Limited तर्फबाट २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसमध्ये लाईफ ज्याकेटलाई महत्वपूर्ण उद्दार सामाग्री मानिन्छ जसले उद्दार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै सिप्रदी Trading Private Limited को सहयोगमा २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले उक्त प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने सिप्रदी Trading Private Limited लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्नु भयो ।  काठमाडौं उपत्यका मातहत काठमाडौं उपत्यका बिशेष सुरक्षा गण त्रिपुरेश्वर, काठमाडौ उपत्यका सशस्त्र प्रहरी गण नं.२ महाराजगंञ्ज र पहरा गण सामाखुसीलाई तत्काल ५०/५० थान हस्तान्तरण  गरी  कुनै पनि समय परिचालन हुने अवस्थामा रहेने गरी स्टयान्ड वाईका रुपमा राख्ने समेत बताउनु भयो ।   साथै काठमाडौँ उपत्यकामा हुने  मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम  सञ्चालन गरिरहेको समेत जानकारी दिनु भयो ।    कार्यक्रममा सिप्रदी Trading Private Limited का प्रमुख कार्यकारी अधिकृत राजिब बाबु श्रेष्ठले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, सिप्रदी Trading Private Limited का COO (Chief Operating Officer) राजेश प्रसाद गिरी, सिप्रदी Trading Private Limited का VP (Vice President) सौरभ राज थपलिया साथै सिप्रदी Trading Private Limited का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०३

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०३ गते सम्म ३७८ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०२

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०२ गते सम्म २७९ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०१

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज निति २०८२/०३/०१ गते सम्म २२३ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

अधिक लोड >>
कम देखाउनुहोस् <<