लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२६
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई शुक्रबार
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२३ सामाखुसी
बस्ने ४६ वर्षीय निर बहादुर गुरूङ र काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोल बस्ने
३२ वर्षीय सुरेन्द्र थापा रहेका छन् । पक्राउ मध्ये जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा
५ वर्ष कैद र नगद ५ हजार जरिवाना सजाय फैसला ठहर भएका निर बहादुर कैद भुक्तानको
लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा रहेका थिए । साथै उक्त
मुद्दामा सुरेन्द्र पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौं रहेका
थिए । २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेका उनीहरूलाई
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर बहादुरलाई
काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट र सुरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-११
भण्डारी टोलबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय
कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।