जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०४-२५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२
पेप्सिकोलास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर गट्ठाघर बस्ने
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-९ घर भएका ५६ वर्षीय धुर्ब थापा समेत १४ जना
आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग काँडाघारीबाट
खटिएको प्रहरीले उनीहरूलाई १ लाख १९ हजार ८ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।