बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-१७
- A
- A-
- A+
काठमाडौं, बहुविवाह मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ छाउनी बस्ने
संखुवासभा मादी नगरपालिका-६ पुलुङ घर भएका ३६ वर्षीय लाल बहादुर भुझेललाई प्रहरीले
पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको २०८० साउन
१६ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं
महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो । उनलाई फैसला
कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।