प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

२०८२-०४-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, १५ साउन

      काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा विभिन्न समयमा कार्यालय प्रमुखको रुपमा कार्यरत रहनुभएका पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुसँग काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका ( Safer KathmanduValley)”  त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा बिहीबार सम्पन्न भएको छ ।

            कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विभिन्न समयमा यस कार्यालयका प्रमुखको रुपमा कार्यरत रही आफ्नो कार्य दक्षता र उच्च व्यावसायिक क्षमता प्रस्तुत गरी सफल समेत भईसक्नु भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुबाट व्यक्त अनुभव, बौद्धिकता, व्यावसायिक सीप र कार्य कुशलतालाई सुझाव र रायको रुपमा संकलन गरी यस कार्यालयबाट तयार पारिदैँ गरेको सुरक्षित काठमाडौ उपत्यका Safer Valley कार्य योजनालाई थप सशक्त बनाउन यस कार्यक्रममको आयोजना गरिएको बताउनुभयो  ।

       काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिप शम्सेर ज.ब.राले सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाको उद्धेश्य र महत्व समेटिएको क्रियाकलाप लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

        कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व आयुक्त तथा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक माननीय केशव प्रसाद बराल,पूर्व  प्रहरी अतिरीक्त महानिरीक्षकहरू डा.गोविन्द प्रसाद थापा, अनन्त राम भट्टराई,रवि कान्त अर्याल,रमेश कुमार श्रेष्ठ,बिज्ञानराज शर्मा, उत्तमराज सुवेदी र किरण बज्राचार्य तथा पूर्व प्रहरी नायव महानिरीक्षकहरू भुवन चन्द्र भट्ट र मनोज नेउपानेले आ-आफ्ना राय तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

      कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू,प्रहरी नायव उपरीक्षकहरू लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।