ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०२-२२
- A
- A-
- A+
काठमाडौं, ठगीमा
संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ झोछे बस्ने भारत ओडिसा
केन्द्रापाडा घर भएका १९ वर्षीय सुभम मोहन्तीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक
सञ्जाल फेसबुकमा नेपाल सर्भिस नामक फेसबुक आईडी तथा ह्वाट्सएप मार्फत प्राइभेट
भिल्ला पार्टी (१८+) गर्ने भनि विभिन्न व्यक्तिहरूलाई पैसा अनुसारको केटी तथा मादक
पदार्थ सहित काठमाडौंको विभिन्न स्थानमा रहेको घरमा लगी सुविधा दिने भन्ने पोष्ट
गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-२२
सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला
प्रहरी परिसर काठमाडौं पठाइएको छ ।