अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०३-०९
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली
नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २७ वर्षीय अजय कुमारलाई
सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको
प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०५२ प ०५७८ नम्बरको
मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३
बङ्गलामुखी मन्दिर नजिक बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३
सय ४० ट्याब्लेट, गाँजा ४ सय ग्राम, पोलेन
३० ग्राम र नाइट्रोभेट ११ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको घर तालासी गर्दा उक्त लागूऔषध फेला
पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ ठमेलबाट
नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट, स्पास्पेन ४
ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने काभ्रे नमोबुद्ध
नगरपालिका-२ घर भएका २३ वर्षीय निशान्त सुन्दासलाई सोमबार साँझ प्रहरीले पक्राउ
गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।