स्वागत् तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८३-०३-१९
- A
- A-
- A+
नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार
१८ गतेको निर्णय अनुसार तालुक नेपाल
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्सालबाट काठमाडौं उपत्यका प्रहरी
कार्यालय, रानीपोखरीमा सरूवा भई आजै हाजिर हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील
सिंह राठौरज्यूको यस कार्यालयमा स्वागत तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा सम्बोधन गर्नुहुदै प्रहरी
अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले मातहत कार्यालय प्रमुखहरुलाई
भ्रष्टाचार तथा अनुचित लेनदेनमा शून्य सहनशीलताको नीति
पूर्ण रूपमा पालना गरी सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार सहितको छिटो-छरितो
सेवा प्रदान गर्न निर्देशन दिनुभयो । यसैगरी, काठमाडौं उपत्यकाको
समग्र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन अपराध अनुसन्धान तथा नियन्त्रण, सूचना
संकलन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन र प्रहरी जनशक्ति एवम् कार्यालय व्यवस्थापनमा विशेष
ध्यान दिन समेत आवश्यक निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा यस कार्यालय तथा
मातहत प्रहरी कार्यालयका कार्यालय प्रमुखहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिती
रहेको थियो ।