बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१५
- A
- A-
- A+
काठमाडौं, बैंकिङ
कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे भुम्लु
गाउँपालिका-८ घर भएकी ४५ वर्षीया कल्पना तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ
। जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी
जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर
पठाइएको छ ।