अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०२-२०
- A
- A-
- A+
काठमाडौं, नागार्जुन
नगरपालिका-८ भिमढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो ५ किलोग्राम र पोलेन ८
किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ छकडोल बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर
भएका २७ वर्षीय रपेन्द्र श्रेष्ठ र धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३४ वर्षीय
अमृता तामाङ रहेका छन् । प्रहरी चौकी भिमढुङ्गा समेतबाट खटिएको प्रहरीले बा.३४ प
८४०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट नियन्त्रित
लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट,
एसएलआरको गोली २ राउण्ड, खुकुरी १
थान र मोबाइल ६ थान सहित सोही नगरपालिका-८ सिपाडोल बस्ने २३ वर्षीय निरज खत्रीलाई
मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले
उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।