अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०१-१८
- A
- A-
- A+
२०८३-०१-१८
काठमाडौं, दक्षिणकाली नगरपालिका-५
फर्पिङ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३०
मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१ छप्कैया घर भएका २० वर्षीय ईन्द्र जित
शाह कलुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना .१ ज ७१७८
नम्बरको टाटा सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ
नगरपालिका-६ बिष्णुमती च्यसिङडोलबाट अवैध लागूऔषध पोलेन ८ सय २१ ग्राम सहित सोही
ठाउँ डेरा गरी बस्ने रूकुम पूर्व घर भएकी ३३ वर्षीया कमला गुरूङलाई बिहीबार साँझ
प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई
उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३७ ग्राम सहित भारत अररिया जोगमणि
नगर पन्चायत-५ बस्ने २२ वर्षीय निकेश कुमार शर्मालाई शुक्रबार बिहान प्रहरीले
पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट
काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८६६९ नम्बरको बसमा सवार उनलाई उक्त
पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।