नक्कली नोट सहित एक जना पक्राउ
२०८३-०२-१२
- A
- A-
- A+
२०८३-०२-१०
ललितपुर
महानगरपालिका-१२ लगनखेल बसपार्क नजिकबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोट सहित
काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सिराहा घर भएका १९ वर्षीय सुरज राईलाई
शनिबार प्रहरी टोलीले पक्राउ गरेको छ ।
उक्त स्थानमा नक्कली नोटको कारोबार
भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले
उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।