जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०१-२९
- A
- A-
- A+
ललितपुर, गोदावरी
नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय सुरेश महर्जनले संचालन गरेको खाजा पसलमा
जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ ।
प्रहरी वृत्त
चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ३ सय ८५ रूपैयाँ र ६ बुक
तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।