प्रहरी कन्ट्रोल : १००
नेपा
EN

पुनर्निर्मित प्रहरी वृत्त जगाती भवन निर्माण समितिद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।

२०८२-०७-०३

  • A
  • A-
  • A+
Share

मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट पूर्ण रूपमा क्षती भएको प्रहरी वृत्त जगाती, भक्तपुरको प्रहरी भवन पुनर्निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत पुनर्निर्मित प्रहरी वृत्त जगाती भवन निर्माण समितिद्वारा नेपाल प्रहरीलाई सोमवार एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ ।

प्रहरी भवन पुनर्निर्माणमा सहयोग गर्नुहुने दाताहरूलाई दोसल्ला सहित सम्मान-पत्र वितरण कार्यक्रम पश्चात् प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले नागरिक एवम् समुदायबाट प्रहरीलाई भएका सहयोग र सहकार्यका लागि सबैलाई धन्यवाद दिनुहुँदै समाज र नागरिकको अपेक्षा अनुरुप स्वच्छ, व्यवसायिक र पारदर्शी आचरण व्यवहार प्रस्तुत गर्दै  मीठो बोलीवचन प्रयोग गरी  नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै नागरिकलाई पेशा, व्यवसाय सञ्चालनका लागि भयरहित वातावरण सिर्जना गरी सङ्गठनको श्रीवृद्धिका खातिर निरन्तर लाग्दै  जनमुखी प्रहरी सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक, नेपाली सेना, सशस्त्र प्रहरी नेपाल, पुनर्निर्माण प्रहरी वृत्त जगाती भवन निर्माण समितिका पदाधिकारी, जनप्रतिनिधि, सहयोगदाता, संचारकर्मी, नागरिक समाज, स्थानीय बासिन्दा, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरीहरुको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
२०८३-०४-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-८ घर भएका ३० वर्षीय करण ऐर, काठमाडौं माहनगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएका ३६ वर्षीय प्रेम पुरी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ घर भएका ४२ वर्षीय अच्युत दुलाल र काठमाडौं महानगरपालिका-२८ बस्ने कालिकोट खाँडाचक्र नगरपालिका-२ घर भएका ३५ वर्षीय बिर्ख बहादुर विक रहेका छन् ।  पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, सुनिताले युरोप पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, प्रेमले जापान पठाइदिन्छु भन्दै १ सय १४ जना पीडितहरूबाट २ करोड २५ लाख रूपैयाँ, अच्युतले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख रूपैयाँ र बिर्खबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले करण र सुनितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार, अच्युतलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बाट आइतबार,  बिर्खबहादुरलाई काठमाडौं महानगरपालिका-१६ बाट शनिबार र प्रेमलाई काठमाडौं महानगरपालिका-३ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२६

काठमाडौं, अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २९ वर्षीय दिपेन्द्र कर्माचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२२ टेवहालबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल सरकारको स्विकृती नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्‍याकर डिभाइस रहेको भनि झुठ्ठा प्रचार प्रसार गरी व्यवसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जिपिएस ट्रर्‍याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाई, निशान छापको दुरूपयोग गरी जिपिएस ट्रर्‍याकर बिक्री वितरण गरेको खुल्न आएको छ । प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अंकित ५२ थान जिपिएस ट्रर्‍याकर डिभाइस बरामद गरेको छ । उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहतिले ४ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही प्रहरीले  महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित प्रहरीले कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।