जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०७-१८
- A
- A-
- A+
२०८३-०७-१८
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ डेरा गरी बस्ने
नुवाकोट घर भएकी ४१ वर्षीया प्रतिभा तिमिल्सेनाको कोठामा जुवातास खेलिरहेको
अवस्थामा प्रतिभा समेत २१ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला
प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख २९ हजार ६ सय
रूपैयाँ, ३३ थान कौडा र १७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।