बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८३-०२-१९
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज
चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दा सहित सुनसरी
गढी गाउँपालिका-१ घर भएका ५० वर्षीय कमल नारायण विश्वासलाई सोमबार राति प्रहरीले
पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट
खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनलाई
जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली ११ लाख रूपैयाँ, अमेरिकी
डलर १४ हजार ८ सय ५०, जापानिज येन ४१ हजार, स्विस
फ्रैङ्क १ हजार, मलेसियन
रिङ्गिट २३ हजार ६ सय ३२, श्रीलङ्कन रूपी ७ हजार ७ सय ७०, पाकिस्तानी
रूपी ३ हजार ५ सय ४० र ओमानी रियाल २ हजार ९ सय ७० फेला पारी पक्राउ गरेको हो । उनलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक
ललितपुर पठाइएको छ ।