अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८३-०१-१९
- A
- A-
- A+
२०८३-०१-२०
काठमाडौं, काठमाडौं
महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने काभ्रे घर भएका २० वर्षीय आशिष तामाङलाई
नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १ सय
२९ ट्याब्लेट र नगद १६ हजार ६ सय ३५ रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले
उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल
२ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-६ नारायणटार बस्ने मकवानपुर घर भएका ३० वर्षीय
अशोक लामा समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त
बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।