अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८३-०४-१७
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध
लागूऔषध गाँजा ११ किलोग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत लुदियाना पन्जाव घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र भारत कैरू हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका
छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले क्याथे
प्यासिफिक एयरवेजको उडानद्वारा थाइल्याण्डबाट नेपाल आएका उनीहरूलाई उक्त गाँजा
सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगर
बुद्धमार्गस्थित बाग्लुङ चिनारी गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित काठमाडौं बालाजु बस्ने पाँचथर घर भएका ३२
वर्षीय मिलन लिम्बु समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी
प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त
पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गाबाट
अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम सहित सिराहा घर भएका २४ वर्षीय समिर लामालाई
आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको
प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५५२४ नम्बरको बसमा
सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उक्त लागूऔषध रिसिभ गर्न आउने सिराहा घर भएका २८ वर्षीय जिवन
लामालाई नागार्जुन नगरपालिका-१४ बाट पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट
नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, फेनारगन ९ एम्पुल र
बुप्रेनोफिन ९ एम्पुल सहित ललितपुर गोदावारी बस्ने दोलखा घर भएका ३८ वर्षीय राज
कुमार ओलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट
खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।