अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८३-०१-३०
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी
नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६
ग्राम सहित झापा बिर्तामोड नगरपालिका-४ बस्ने ३४ वर्षीया गंगा राईलाई बुधबार बिहान
प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट
काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५१ नम्बरको बसमा सवार उनलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।