बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२०
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-८
बस्ने सोही नगरपालिका-७ घर भएका ४८ वर्षीय कृष्ण नगरकोटीलाई शुक्रबार प्रहरीले पक्राउ
गरेको छ ।
जिल्ला अदालत
काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं
महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।