अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०४-२४
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागूऔषध
गाँजा करिब ६ सय ६० ग्राम सहित सोही महानगरपालिका-८ पशुपति एरिया बस्ने
सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्त बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित
पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ धास्की डेरा
गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनाली समेत ५ जनालाई अवैध लागूऔषध गाँजा
जस्तो देखिने पदार्थ करिब २ किलो २ सय १६ ग्राम सहित शनिबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । प्रहरी प्रभाग मातातिर्थबाट खटिएको
प्रहरीले सुगमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।