प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८३-०३-२३
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी
कार्यालयका, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको
उपस्थितिमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी
प्रशासन शाखाको मिति २०८३।०३।१९ गतेको पत्रद्वारा जनपद तर्फको प्रहरी नायव
निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन
गर्नु भएको छ ।
उक्त दर्ज्यानी चिन्ह सुशोभन
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको
उपस्थिती रहेको थियो ।