मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ ।
२०८३-०५-२३
- A
- A-
- A+
काठमाडौं, २३ भदौ
काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका काठमाडौं
महानगरपालिका-१४ बस्ने धादिङ गजुरी गाउँपालिका-७ घर भएका २१ वर्षीय दावा तामाङलाई आइतबार
प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका-९
स्युचाटारस्थित पार्किङ गरी राखेको बा.प्र.०२-०२२ प ३०९७ नम्बरको मोटरसाइकल २०८१ कार्तिक
२९ गते चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान
एवम् कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।