सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ
२०८३-०५-०२
- A
- A-
- A+
सार्वजनिक यातायातमा सुनको सिक्री
चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको
छ । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय अजय बस्नेत र
भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने झापा दमक नगरपालिका-६ घर भएका ४३ वर्षीय
भविन्द्र विक रहेका छन् । सार्वजनिक यातायातमा सवार भई काठमाडौं पुरानो
बसपार्क देखि बिजुली बजार सम्म जाने क्रममा एक जना व्यक्तिको घाँटीमा लगाएको सुनको
सिक्री साउन २७ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका
अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार
काठमाडौं पठाइएको छ ।