बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-१७
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने
धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भएका ३३ वर्षीय अन्जन भट्टलाई शुक्रबार प्रहरीले
पक्राउ गरेको छ । जिल्ला अदालत चितवनबाट पक्राउ पुर्जी
जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन
पठाइएको छ ।