अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०३-१७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१३ बाफलबाट सोही ठाउँ डेरा गरी
बस्ने सिन्धुली घर भएका २० वर्षीय युवराज खत्री समेत २ जनालाई नियन्त्रित लागूऔषध
ट्रामाडोल २६ हजार ७ सय १० ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित मंगलबार बेलुकी
प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित
लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र डाईजेपाम ३ एम्पुल
सहित चितवन इच्छाकामना गाउँपालिका-३ घर भएका ३९ वर्षीय कृष्ण गुरूङलाई मंगलबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई
उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।