ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-२९
- A
- A-
- A+
२०८३-०६-२९
काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी, ललितपुर महानगरपालिका-२३ बस्ने सिराहा लहान नगरपालिका-५ घर भएका ४२
वर्षीया नितु ठाकुरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला
अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर
महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको हो । उनलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।