प्रहरी कन्ट्रोल : १००
नेपा
EN

श्रृङ्खलाबद्ध चोरीमा संलग्न मानिस नियन्त्रणमा

२०८२-१०-२२

  • A
  • A-
  • A+
Share

     काठमाडौंको विभिन्न स्थानहरूमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरबाट नगद तथा सुन चाँदीका गर-गहना चोरी गर्ने नेपालगन्ज उपमहानगरपालिका -०३ घर भइ काठमाडौंको सितापाईला बस्ने वर्ष ४१ को सुप्रिम विकास तथा सौरभ  चौधरी भन्ने प्रेम थारूलाई नियन्त्रणमा लिएको छ ।

     जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने मानिसको खोजतलास गर्ने क्रममा मिति २०८२।१०।२१ गते अन्दाजी २३:२५ बजेको समयमा जिल्ला काठमाडौं, नागार्जुन  नगरपालिका-०६ पुरी गाउँ स्थित सडक खण्डमा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा प्रहरी माथि नै आक्रमण समेत गरेको निजलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निज प्रतिवादी २०७९।०८।२९ गते प्रहरी वृत्त बौद्धबाट २ वटा चोरी कसुरमा पक्राउ परी कारागार चलान भइ ३ वर्ष कैद भुक्तान गरेको समेत अभिलेखमा देखिएको र उक्त किसिमका चोरीका घटनाको सम्बन्धमा ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला डाइमण्ड, विभिन्न देशका मुद्रा लगायत सहित अ. रु. ३,०६,१४,२००।- रुपैयाँ बराबरको चोरी भएको बिगो सहित हालसम्म ९ जना पीडित सम्पर्कमा आएको ।

बरामद दसीका सामानहरू

१.         सुन - ७६४.३५ ग्राम

२.         चाँदी - ११५९.२६ ग्राम

३.         नेपाली रुपैयाँ १ लाख ६३ हजार ६ सय ५५ रुपैयाँ

४.         Dimond - १५.२६ ग्राम 

५.         USD ११०$

६.         भारतीय रुपयेँ ५५००

७.         चाईनिज युआन ८२

८.         श्रीलंका रु. २०

९.         मलेसियन रिङेट ३

१०.       ओमन रियाल १००

११.       कतारी रियाल १६

१२.       थाईल्याड भाट ४०

१३.       जापानिज येन १००

१४.       साउदी रियाल २

१५.       हङ्कङ डलर १०

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।