आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-१३
- A
- A-
- A+
भक्तपुर, आफ्नै
आमा ४० वर्षीया मेघिया चौधरीको हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-९
भातेढिकुर चोक बस्ने उदयपुर कटारी नगरपालिका-५ घर भएका
२४ वर्षीय किरण चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
किरणले
कुटपिट गर्दा मेघिया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त
जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । गम्भीर घाइते भएकी मेघियाको पाटन
अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।