वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २जना पक्राउ
२०८३-०५-०२
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु
भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने बर्दिया बासगढी
नगरपालिका-५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका-८
बस्ने ५० वर्षीय रंजित केसी रहेका छन् । पक्राउ मध्ये
रेश्माले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ र रंजितले
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई
सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रहरीले रेश्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट
आइतबार र रंजितलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग
ताहाचल काठमाडौं पठाइएको छ ।