अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८३-०३-२६
- A
- A-
- A+
२०८३-०३-२६
काठमाडौं, काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५२ ग्राम, डाइक्लोमाइन ८ ट्याब्लेट, स्पारेष्ट १० ट्याब्लेट र नगद ३ लाख ३८ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-३ घर भएका २४ वर्षीय सन्दिप तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।