अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८३-०१-२३
- A
- A-
- A+
काठमाडौं, गोकर्णश्वर
नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नोर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३८ वर्षीय फुर्पा
लामालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको
प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर,
ललितपुर महानगरपालिका-११ चिल्ड्रेन पार्क नजिकबाट नियन्त्रित
लागूऔषध ट्रामाडोल ९७ ट्याब्लेट सहित काठमाडौं बालाजु बस्ने गोरखा भीमसेनथापा गाउँपालिका-७
घर भएका २८ वर्षीय राजेश भुषाल समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।