"सत्य, सेवा सुरक्षणम्"
काठमाडौं,९ चैत काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित तनहुँ भानु नगरपालिका-६ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय संजय खनाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।