अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन
२०८३-०६-०७
- A
- A-
- A+
अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घघाटन
काठमाडौं, ७ असोज ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी
अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी
प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
स्थानीय समुदाय,
जनप्रतिनिधि, संघ–संस्था, उद्योगी–व्यवसायी तथा सहयोगी दाताहरूको सहकार्यमा निर्माण भएको उक्त भवन
नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक
सुशील सिंह राठौरज्यूले प्रहरीको सबैभन्दा ठूलो शक्ति जनताको विश्वास, सद्भाव र सहयोग रहेको उल्लेख गर्दै
समुदायको पहलमा निर्माण भएको भवन प्रहरी–समुदाय साझेदारीको महत्वपूर्ण उदाहरण भएको
बताउनुभयो ।
उहाँले पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक
संवेदनशीलतालाई ध्यानमा राख्दै स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री र स्थानीयवासीको सुरक्षा,
अपराध नियन्त्रण, भीड व्यवस्थापन तथा आकस्मिक
प्रहरी सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
साथै, प्रहरी कर्मचारीको व्यवहार नम्र, सभ्य, सहयोगी, निष्पक्ष तथा नागरिकमैत्री हुनुपर्नेमा जोड
दिँदै स्थानीय समुदायसँग निरन्तर समन्वय र सहकार्य गरी अपराध रोकथाम तथा
प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष श्री टेकराज
अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा जिल्ला प्रहरी परिसर
काठमाडौंका कार्यालय प्रमुख प्र.ब.उ. दिलीप घिमिरे, प्र.ब.उ. रमेश थापा, प्रहरी वृत्त
गौशालाका कार्यालय प्रमुख प्रकाश श्रीमल, जनप्रतिनिधि,
भवन निर्माण समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।