जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०८३-०६-२६
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनीबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही
नगरपालिका-१ बस्ने ३९ वर्षीय विर बहादुर तामाङ समेत ७ जनालाई गए राति प्रहरीले
पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट
खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ५२ हजार ३ सय रूपैयाँ र ६३ थान कौडा सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।