अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८३-०२-२२
- A
- A-
- A+
काठमाडौं, नागार्जुन नगरपालिका-३ तीनधाराबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट र ट्रामाडोल १ सय १० ट्याब्लेट सहित काठमाडौं तीनधारा बस्ने काभ्रे रोशी गाउँपालिका-११ घर भएका ३२ वर्षीय गुञ्जा तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.५९ प ६५०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।