अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८३-०२-१२
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१५ बुद्ध पार्क नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो
देखिने पदार्थ करिब १ सय २५ ग्राम २ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध फेनारगन
२५ एम्पुल, डाईजेपाम २५ एम्पुल, नाइट्रोभेट
१ सय ५ ट्याब्लेट, नगद ३० लाख १७ हजार २ सय ४५ रूपैयाँ र
मोबाइल ८ थान सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय कुमार लामालाई
सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको
प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । घट्ना
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरी रहेको छ ।