वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-२०
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु
भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा
नगरपालिका-३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेका छन् । पक्राउ मध्ये सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख
रूपैयाँ र अनिलले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २३ लाख रूपैयाँ लिई सम्पर्कविहीन
भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-८ बाट शुक्रबार र अनिललाई
टोखा नगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।