मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-१८
- A
- A-
- A+
२०८३-०१-१८
काठमाडौं, मोटरसाइकल
चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर बस्ने नुवाकोट घर भएका २० वर्षीय
सुमन तामाङ, तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट
घर भएका १९ वर्षीय सुजन लामा र तारकेश्वर नगरपालिका-३ बस्ने रसुवा घर भएका २५
वर्षीय बसन्त भन्ने पुष्प तामाङ रहेका छन् । २०८२ फागुन
१० गते काठमाडौं महानगरपालिका-२६ मित्रनगर बिरेन्द्र ऐश्वर्य मार्गस्थित पार्किङमा
राखेको बागमती प्रदेश ०२-०३४ प ७८७ नम्बरको मोटरसाइकल र वैशाख ३ गते काठमाडौं
तारकेश्वर नगरपालिका-५ फुलबारी गेटस्थित पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२१
प ४१७१ नम्बरको मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका
अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न रहेका सुमनलाई
तारकेश्वर लोलाङबाट र सुजनलाई तारकेश्वर तिनपिप्लेबाट बुधबार तथा पुष्पलाई
तारकेश्वर नगरपालिका-३ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर
काठमाडौं पठाइएको छ ।