लुटपाट तथा चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०१-२४
- A
- A-
- A+
काठमाडौं, लुटपाट
तथा चोरीमा संलग्न रही फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने
३२ वर्षीय हरिकृष्ण महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकस्थित नैना एण्ड इशान ज्वेलरीमा
बिहीबार हतियार देखाई लुटपाट गर्ने प्रयास भएको घटनामा संलग्न रही फरार रहेका
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर
महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।