वैदेशिक रोजगारीमा अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१९
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा
पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने
मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका-१०
बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२
लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार
रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका
अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुण्य प्रसादलाई काठमाडौं
महानगरपालिका-२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट पक्राउ
गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।