हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०२-२१
- A
- A-
- A+
भक्तपुर, आफ्नै
श्रीमती ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरेको अभियोगमा भक्तपुर
नगरपालिका-१० छालिङ रोड डेरा गरी बस्ने काठमाडौं शंखरापुर नगरपालिका-६ नाङ्लेभारे
घर भएका ३८ वर्षीय विदुर विश्वकर्मालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा विदुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु
भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले
उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।