अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८३-०२-०५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-८
पशुपति नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५० ग्राम सहित ललितपुर
बालकुमारी बस्ने सुर्खेत भेरीगंगा नगरपालिका-१२ घर भएका २५ वर्षीय खिमराज
कठायतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट
खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ
नगरपालिका-४ बस्ने ६० वर्षीया साईली तामाङलाई अवैध लागूऔषध गाँजा
करिब ३ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त
महाराजगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी
पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२
बाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, नोर्फिन ५ एम्पुल र
फेनारगन ५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय विशाल आङ्देम्बे र काभ्रे
चौरीदेउराली गाउँपालिका-६ घर भएका २५ वर्षीय नवराज नेपाली रहेका छन् ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले विशालको कोठा तलासी गर्दा उक्त पदार्थ
फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।