अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-०४
- A
- A-
- A+
काठमाडौं, तारकेश्वर नगरपालिका-६ जरङखु बस्ने नुवाकोट
घर भएका २९ वर्षीय मुकेश लामा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो
देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी धर्मस्थलीबाट खटिएको प्रहरीले मुकेशको कोठा तलासी गर्दा उक्त पदार्थ
फेला पारी उनीहरूलाई पक्राउ गरेको यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।