चाँदी जस्तो देखिने धातु सहित एक जना पक्राउ
२०८३-०१-२९
- A
- A-
- A+
भक्तपुर, चाँगुनारायण
नगरपालिका-९ ताथलीबाट करिब १ किलो ५ सय ७७ ग्राम तौलको चाँदी जस्तो देखिने धातु
सहित काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ पुलबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती
गाउँपालिका-१० घर भएका ३२ वर्षीय राजु स्वेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको
प्रहरीले नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ४३६४ नम्बरको
मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी चालक राजुलाई पक्राउ गरेको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।